वरिष्ठ कलाकार नीर शाह भन्छन्, ‘प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन्’


१९ कार्तिक २०७९, शनिबार
nir saha

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले काठमाडौँ क्षेत्र नम्बर ५ का मतदातालाई मतदान गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । विशालनगरमा शनिवार बिहान आयोजित लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहको भेलामा उनले पाँच वर्ष अघि गरेको भूल सुधार गर्नुपर्ने बताएका हुन् ।

‘मैले पाँच बर्षअघि पनि लोकतान्त्रिक शक्तिलाई मत दिँऔँ भनेर भनेको थिए । अब यस पटक भने भुल नगरौँ,’ उनले भने, ‘अहिले यस क्षेत्रले प्रदीप पौडेललाई उम्मेद्वारको रुपमा पाएको छ । प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन् । संकुचित सामन्ती सोचलाई पराजित गर्न लागि गठबन्धन गरेको हो । वैचारिक सम्मुन्नतिको पक्षमा मतदान गर्नुहोला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७