रूसको नाइट क्लबमा आगलागी : १३ जनाको मृत्यु


१९ कार्तिक २०७९, शनिबार
fire accident russia1667646301

काठमाडौं । रूसको पश्चिमी सहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनमा अन्य ४ जना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले बताएका रूसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो । आगो ३५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउँन बाँकी रहेको समाचारमा जनाइएको छ । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७