संशोधनवादविरुद्ध नलडी मुक्ति प्राप्त हुन सक्दैन : मोहन वैद्य


१९ कार्तिक २०७९, शनिबार
mohan baidha kiran

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष आवश्यक रहेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रूपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादविरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताएका हुन् ।

उनले जातीय, वर्गीय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे । उनले सामन्तवाद, पितृसत्तात्मकवाद, ब्राह्मणवाद, पहाडीया शोषणवादका विरुद्ध लड्दै गर्दा संशोधनवादविरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए । उनले संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवादविरुद्ध नलडिकन मुक्ति हुन प्राप्त हुन नसक्ने बताए ।

उनले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने नसोच्न आग्रह गर्दै अझै क्रान्ति पूर्ण रूपमा पूरा हुन नसकेको जिकिर गरे । महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढतापूर्वक अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७