एभरटनलाई हराएकाे लेस्टर रेलिगेसन क्षेत्र बाहिर


२० कार्तिक २०७९, आईतवार
thumb

लन्डन । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । ब्रेन्डन रोजर्सको टिमका लागि सुरुमा योरी टिलेमन्सले उत्कृष्ट गोल गरे । पछि हार्भे बार्नेसले दोस्रो गोल थपे ।

यो जितपछि लेस्टरको १४ खेलबाट १४ अंक भएको छ र १३ औं स्थानमा उक्लेको छ । त्यस अगाडि शीर्ष स्थानमा उक्लिनका लागि म्यानचेस्टर सिटीले फुलहमलाई २–१ ले हराएको थियो । त्यसमा १० खेलाडीमा सीमित सिटीका लागि इर्लिङ हल्यान्डले इन्जुरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

सिटीको १३ खेलबाट ३२ अंक भएको छ । शनिबारका अन्य खेलमा लिड्सले बर्नमाउथलाई ४–३ र ब्राइटनले उल्भ्सलाई ३–२ ले हरायो । नटिङघम फरेस्ट र ब्रेन्टफोर्डले २–२ को बराबरी खेले ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७