गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा


२० कार्तिक २०७९, आईतवार
table tenis scaled

काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरे । कांग्रेसका नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरेकी थिइन् ।

प्रतियोगिताको पहिलो दिन शनिबार पुरुष डबल्सतर्फ प्रदीप खड्का र प्रणव खनालको जोडीलेसेमिफाइनलमा स्थान बनाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाक्ओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पुरुष डबल्सतर्फनै राजबिर प्रधान र सक्षम शाहको जोडीले आशिष खड्का र सौगात बिकको जोडीलाई ६–० र ६–३ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् । त्यस्तै पुरुष डबल्समा ऋतिक राना र निशान श्रेष्ठको जोडीले रानभ मानन्धर र निहल थापाको जोडीलाई ६–३ र ६–२ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

केशव गौचन र सौरभ पन्तको जोडीले मनोज महर्जन र सुसल मोक्तानको जोडीलाई ६–२ र ६–२ ले हराएर पुरुष डबल्सतर्फ नै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । ३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले मान बहदुर कटुवाल र भिष्म गुरुङको जोडीलाई ६–० र ६–३ ले हराएर अन्तिम चारको यात्रा तय गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७