तान्जेनियामा विमान दुर्घटना, उद्धार जारी

काठमाडौं । तान्जेनियामा विमान दुर्घटना भएको छ । बुकोबा विमानस्थल जाँदै गर्दा भिक्टोरिया तालमा विमान दुर्घटनामा परेको हो ।
आज दुर्घटनामा परेको विमानमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । तर दुर्घटनास्थलबाट १५ जनाको सकुशल उद्धार भएको छ । उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तान्जेनियन सञ्चार माध्यमले जनाएका छन् ।