बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा


२० कार्तिक २०७९, आईतवार
Pakistan team t20 NfQODPnPYm

काठमाडौं । बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइललमा प्रवेश गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । पाकिस्तानले सेमिफाइनलमा ग्रुप वानको विजेता न्युजिल्यान्डको सामना गर्नेछ । भारतले भने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

पाकिस्तान ग्रुप टू को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । शीर्ष स्थानको भारतको ४ खेलमा ६ अंक छ ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्का मद्दतमा ३२ रनको योगदान गरे । मोहम्मद हरिसले १८ बलमा १ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले २५ र सान मन्सुदले अविजित २४ रन जोडे ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान, साकिब अल हसन, नासुम अहमेद र इबादत हुसेनले समान १ विकेट लिए । समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।

बंगलादेश १० ओभरमा ७०–१ को बलियो स्थितीमा रहेको थियो । बंगलादेशका लागि ओपनर नाजमुल हुुसेन सान्टोले ४८ बलमा ७ चौका मद्दतमा ५४ रन जोडे । त्यस्तै सरकारले २० रन जोडे । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ र सडाब खानले २ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७