बाल्टीको पानीमा डुबेर बालकको मृत्यु


२० कार्तिक २०७९, आईतवार
death
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७