बोलेरो दुर्घटना हुँदा धनुषामा ११ दिने शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

धनुषा । धनुषामा बोलेरो दुर्घटना हुँदा एक ११ दिने शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
दुर्घटनामा परी मृत्यु भएका शिशु ११ दिनको मात्र रहेको तथा गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको डीएसपी क्षेत्रीले बताएका छन् । जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डीएसपी क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्याइएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।