सिद्धार्थ बैंकको ६ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


२१ कार्तिक २०७९, सोमबार
siddartha bank

काठमाडौं । सिद्धार्थ बैंकले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता शेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्ने छन् ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक २१ गते) बाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७