राजदूत सुवेदीद्वारा जापानका सम्राटसमक्ष ओहदाको प्रमाणपत्र पेस


२२ कार्तिक २०७९, मंगलवार
Durga bdr.subedi ybqvHewsYA

काठमाडौं । जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सोमबार जापानी सम्राट नारुहितोसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

टोकियोस्थित इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । त्यस अवसरमा नारुहितोले राजदूत सुवेदीलाई स्वागत गर्दै जापान र नेपालबीच रहेको सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुशी व्यक्त गरे ।

नारुहितोले आगामी दिनमा दुई मुलुकबीचको मित्रता र सहकार्य अझ घनिष्ट र सौहार्दपूर्ण हुने विश्वास व्यक्त गरे । राजदूत डा. सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको व्यक्तिगत सुस्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गरेका छन् ।

राजदूत सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक–आर्थिक विकासमा जापानले गरिरहेको उदार र निरन्तर सहयोगका लागि जापान सरकार र जनताप्रति हार्दिक आभार प्रकट गरेको टोकियोस्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७