कतार विश्वकपका लागि इरिक्सनलाई समेट्दै डेनमार्कको टोली सार्वजनिक


२२ कार्तिक २०७९, मंगलवार
denmark MEtn9onsCu

काठमाडौं । म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ । प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन् । ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका छन् ।

इरिक्सन मैदानमा ढलेपछि आठ महिना फर्किएका थिए । फिनल्यान्डविरुद्ध जुन १२ मा उनि मैदानमा ढलेका थिए । यसपछि उनि इन्टर मिलानबाट प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड पुगेका थिए । यसपछि युनाइटेड पुगेका हुन् ।

त मार्चमा अन्तर्राष्ट्रिय खेलमा फर्कदै इरिक्सनले नेदरल्यान्ड्सविरुद्ध गोल गरिसकेका छन् । डेनमार्कको टोलीमा नियमित कप्तान सिमोन केजाएरले स्थान बनाएपनि लेस्टर सिटी डिफेन्डर जानिक भेस्टरगार्ड र आरबी लाइपजिगका स्ट्राइकर युसुफ पाउल्सेन भने समावेश हुने छैनन् ।

समूह डी मा रहेका डेनमार्कले २२ नोभेम्बरमा ट्युनिसियासँग खेल्दै विश्वकप सुरु गर्नेछ । यसपछि साविक विजेता फ्रान्स र अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७