राधी विद्युतको २९ कात्तिकदेखि १३ लाख कित्ता शेयर लिलामी खुल्दै


२२ कार्तिक २०७९, मंगलवार
Radhi Bidhyut Company

काठमाडौं । राधी विद्युत कम्पनीले २९ कात्तिकदेखि सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता शेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोल कबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद मंसिर ७ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ ।

राधी विद्युतले गत असोज ५ गतेदेखि १४७५ हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद शेयर नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंक लिमिटेडका शाखा कार्यालयहरु ठिमी, कामारीपाटी,इटहरी, विराटनगर, इलाम, विर्तामोड, वीरगञ्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचोक– पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, घनगढी, तुल्सीपुर, सुर्खेत र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७