प्रचण्डलाई लिएर सुर्खेत उडेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ ।
बिहान सुर्खेतका लागि उडेको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण सल्यानको खलंगामा आकस्मिक अवतरण गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लका अनुसार मौसममा सुधार आएसँगै प्रचण्ड पुनः सुर्खेत उडेका छन् ।
उनले भने, ‘सुर्खेतमा मौसम प्रतिकूल भएकाले अध्यक्ष कमरेड प्रचण्ड केही समय सल्यान खलंगामा अवतरण भएर पुनः सुर्खेतको लागि प्रस्थान गर्नु भएको छ ।’ प्रचण्ड कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत गएका हुन् ।