५० लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक


२२ कार्तिक २०७९, मंगलवार
prabhu bank

काठमाडौं । प्रभु बैंकका संस्थापक शेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्ने छन् । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी आवेदन पेस गर्नुपर्नेछ ।

शेयर खरिद गर्न इन्छुक संस्थापकले २२ कात्तिकबाट प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७