छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु


२२ कार्तिक २०७९, मंगलवार
accident 2

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ लंकपुरस्थित सडकमा लु.३ च ३११४ नम्बरको स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकलयात्री कोटहीमाई गाउँपालिका–१ बस्ने ४५ वर्षीय महेन्द्र भर छन् । उनको सोमबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१४ दियालेस्थित सडकमा साउनेबाट गाईघाटतर्फ जाँदै गरेको प्र १–०५–००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार सवार सोही नगरपालिका–४ बगाहा बस्ने ३३ वर्षीया लिला मगरको ५ वर्षीय छोरा नुजल मगर छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ८ जनामध्ये अटोमा सवार ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अटो चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ ।

बाराको पचरौता नगरपालिका–९ टियर पुलस्थित सडकमा कलैयाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बिआर ०५ डि ७३७७ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–२ श्रीनगर बैरिया बस्ने ४२ वर्षीय रामाधार प्रसाद यादव छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श चोकस्थित सडकमा मे.१ ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीस्थित सडकमा सु.प.प्र.०१–०१० प १०७१ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । रौतहटको मौलापुर नगरपालिका–५ लक्ष्मीनियामा बीआर ०५ भी ८६०४ नम्बरको मोटरसाइकल र प्रदेश २ –०३–००१ स ६६६७ नम्बरको टेम्पो सोमबार राति ठोक्किँदा मोटरसाइकल चालक बारा सिम्रौनगढ नगरपालिका–८ बस्ने ३२ वर्षीय असलम पैठानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको गोदावरी नगरपालिका–१ धनगढीमा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाँई शिबिर बस्ने ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

गोरखाको गोरखा नगरपालिका–८ बराहा मन्दिरस्थित सडकमा ग.१ त ४८७८ नम्बरको ट्रयाक्टर सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक आरुघाट गाउँपालिका–१ मान्बु घर भई गोरखा नगरपालिका–५ सतिपिपल डेरा गरी बस्ने ३६ वर्षीय राजु गुरुङ छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७