कदमाहा–गाईघाट कालोपत्रे सडक नै बिक्री


२२ कार्तिक २०७९, मंगलवार
14 Shares
sadak gaighat 685x457 1

उदयपुर । सार्वजनिक सडक नै बिक्री हुँदा समेत उदयपुरका सरोकारवाला निकाय निकाय मौन रहेको फेला परेको छ । सगरमाथा लोकमार्ग अन्तर्गत कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– ६ जलजलेमा सडककै जग्गा बिक्री गरिएको फेला परेको हो । सगरमाथा लोकमार्गको ५२ मिटर क्षेत्रभित्रकै सडक अनाधिकृत रुपमा बिक्री गरेको फेला परेको छ ।

जलजलेमा सवारी कर उठाउन निर्माण गरिएको अस्थायी चेक पोष्ट निर्माण गरिएको सडकको जग्गा त्रियुगा नगरपालिका–११ गाईघाटका ओमभक्त मैनालीले एक महिलालाई बिक्री गरेको फेला परेको छ । उनले जलजलेका ध्रुवप्रसाद चौधरीकी श्रीमती गीताकुमारी चौधरीलाई बिक्री गरेको फेला परेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मैनालीले सडक किनारामा रहेको जग्गालाई दुई लाख रुपैयाँमा बिक्री गरेको पीडित महिलाले बताइन् । कपाली तमासुकमा १४ फिट चौडाई ५० फिट लम्बाई उल्लेख गरी चौधरीलाई घडेरी भन्दै उपलब्ध गराएका थिए ।

तत्कालीन हिमाली यातायात व्यवसायी संघ हुँदा त्रियुगा नगरपालिका–६ जलजलेमा सिमेन्ट ढुवानी गर्न आउने ट्रकहरूलाई पटके कर उठाउन त्यहाँ ढाट लगाएको थियो । ढाटसँगै सानो छाप्रो बनाइएको थियो । यातायात व्यवसायी संघ गाईघाटका तत्कालीन महासचिव मैनालीले सडकको जग्गा अनाधिकृत रुपमा प्रयोग गरी बिक्री गरेको सार्वजनिक भएको छ ।

jagdamba.cement
rbbbb

२५ वर्षअघि कालोपत्रे भएको सगरमाथा लोकमार्गमा सडक अतिक्रमण गरी बनाएका घर टहरा नहटाउँदा यसरी बिक्री भएको हो । सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा किनबेच भईरहँदा समेत सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको आरोप छ ।

कदमाहा–गाईघाट सडक खण्डमा पर्ने जग्गाको नापी कार्यालयले २०६२-१०-०९ र २०६३-०३-०५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो । तत्कालीन निर्माण तथा यातायात मन्त्रालयको २३ माघ ०४६ सार्वजनिक सूचना जारी गरि सडकको नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो ।

पछि २०६० सालमा कदमाहा–गाईघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भू–संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दायाँ २५ मिटर र बायाँ २५ मिटर जग्गाको लगत कट्टा गर्न आदेश दिएको थियो ।

तर, यहाँ त भूमाफियाकै संलग्नतामा सार्वजनिक सडक बिक्री भइरहेको छन् । तत्कालीन हिमाली यातायात व्यवसायी संघ गाईघाटका महासचिव मैनालीले सडकको जग्गा नै निजी जसरी बिक्री गरिदिए पाइएको छ । कालोपत्रे सडक नै बिक्री गर्न सफल हुँदा समेत सम्बन्धित निकाय भने बेखबर छ ।

मैनालीले सामान्य पढलेख पनि गर्न नजान्ने महिलालाई दुई लाख रुपैयाँमा ७ फागुन ०७७ मा बिक्रीनामा कपाली तमासुक बनाई दिएका थिए । पीडित महिलाले भनिन्, ’मलाई स्थानीयी कैलाश कार्कीलाई तमासुक लेख्न लगाई त्रियुगा नगरपालिका–६ जलजलेका रामबहादुर तामाङ, कृष्ण पराजुली, चन्द्रभुषण साहलाई साक्षी राखेर जग्गा दिए ।’ अहिले आरोपी मैनाली भने उनको सम्पर्कमै नभएको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७