आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक


२२ कार्तिक २०७९, मंगलवार
Aaryan Sigdel Benisha Hamal.JPG

काठमाडौं । अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देल अभिनित संगीतिक भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ । गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत रहेको छ ।

benisha.JPG

बेनिशाले आफ्नै प्रोडक्शन कम्पनी मौरी पिक्चर्सबाट पहिलो गीत सार्वजनिक गरेकी हुन् । निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाएको छ । भिडियोमा एक युवतिले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेको कथालाई निर्देशक खड्काले प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७