बारा क्षेत्र नम्बर–४ मा त्रिपक्षीय प्रतिस्पर्धा


२२ कार्तिक २०७९, मंगलवार
112 Shares
ekbal and kisan scaled 1

बारा । अगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सदस्य पदका लागि बारा निर्वाचन क्षेत्र नं ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेकामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमध्ये निर्वाचन क्षेत्र नं ४ मा तनहुँ जिल्लाका पूर्वमन्त्री समेत रहेका कृष्णकुमार श्रेष्ठ हाल बारा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीबाट चुुनावी मैदानमा उत्रिएका छन् भने जसपाबाट ०७४ को निर्वाचनमा विजयी भएका एकवाल मियाँ पुनः पार्टी परित्याग गरी नेकपा (एमाले) बाट चुुनावी प्रतिस्पर्धामा छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये इच्छाबहादुर वाग्लेको अवस्था पनि राम्रो रहेकाले श्रेष्ठ, मियाँ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । सो क्षेत्रमा पुरुष ५८ हजार एक सय ५२, महिला ४७ हजार आठ सय १२ र अन्य १६ गरी कुल एक लाख पाँच हजार नौ सय ७० मतदाताका लागि ६१ मतदानस्थलमा एक सय ३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदाताहरुमध्ये राजनीतिक दलबाट १० र स्वतन्त्र १० गरी २० जना चुुनावी मैदानमा उत्रिएका छन ।

प्रदेशसभातर्फ (क) मा पुरुष २७ हजार एक सय ८३ महिला २३ हजार तीन सय ६० गरी कुल ५० हजार पाँच सय ३३ मतदाताहरुमध्ये राजनीतिक दलबाट नौ, स्वतन्त्र चार गरी १३ उम्मेदवारहरु चुुनावी प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये एमालेबाट देवनारायण थारू र नेकपा माओवादी केन्द्रबाट क्षेत्रबहादुर श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

jagdamba.cement
rbbbb

यसैगरी प्रदेशसभा ९ख० मा पुरुष ३० हजार नौ सय ७९, महिला २४ हजार चार सय ५२ र अन्य ६ गरी कुल ५५ हजार चार सय ३७ मतदाता छन् । जसमा लोकतान्त्रिक समाजवादीका जितेन्द्र सुनार सोनल र जसपाका आत्माराम प्रसाद साहबीच प्रतिस्पर्धा हुने देखिन्छ । जितेन्द्र प्रसाद सोनल विगतका प्रदेशसभाको निर्वाचनमा समेत विजयी भई मन्त्री समेत रहिसकेकाले उनको अवस्था राम्रो रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७