कालीकोटमा जीप दुर्घटना : तीन जनाको मृत्यु


२२ कार्तिक २०७९, मंगलवार
accident 1

कालीकोट । मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए । ज्यान गुमाउनेमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् ।

दुर्घटनामा सात जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७