माइतीघरमा थारु महिलाले मनाए ‘सामा–चकेवा’ पर्व {फोटो फिचर}


२२ कार्तिक २०७९, मंगलवार
Sama chakewa 2

काठमाडौं । थारु महिला समाजले सामा चकेवा पर्वका अवसरमा आज (मंगलबार) काठमाडौंको माइतीघर मण्डलामा निकालेको झाँकी निकालेको छ । समाजले ०६२ सालदेखि यसरी हरेक वर्ष काठमाडौंको माइतीघर मण्डलामा झाँकी प्रदर्शन गर्दै आएको छ ।

Sama chakewa 1

पर्वमा सतभैया (सप्तर्षि), हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाइ जोतिएको खेत र निर्जन वनमा गाड्ने प्रचलन छन् । आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने थारु महिलाहरुको भनाइ छ ।

Sama chakewa 2

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको संस्कृतिविद्हरु बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला) ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भइ भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग रहेको छ ।

Sama chakewa 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७