एक करोड १० लाख भ्रष्टाचार आरोपमा निलम्बित नासु उपाध्यायविरुद्ध मुद्दा


२२ कार्तिक २०७९, मंगलवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका निलम्बित नायब सुब्बा शिवराज उपाध्यायले एक करोड १० लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बझाङको सुर्मा गाउँपालिकामा कार्यरत रहँदा निलम्बनमा परेका उपाध्यायले कार्यरत रहेको समय अर्थात् २०५५ सालको भदौ २५ गतेदेखि २०७८ सालको चैत ३० गतेसम्म आर्जन गरेको सम्पत्ति र अहिलेको सम्पत्ति तथा खर्च विवरणको आधारमा एक करोड १० लाख रुपैयाँ बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

अख्तियारले एक करोड १० लाख ६७ हजार बिगो र बिगो बराबर जरिबाना तथा कैद सजायको मागदाबी गरेको छ । निलम्बित नायब सुब्बा उपाध्यायले स्रोत नखुलेको सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा समेत राखेको पाइएकोले उनको नाममा भएको सम्पत्ति बराबरको बिगो र जरिबाना जफतको दाबी समेत अख्तियारले गरेको छ ।

314711149 500871711977799 7547089265652405891 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७