एभरेष्ट बैंकद्वारा २१ प्रतिशत लाभांश घोषणा


००:२५ बजे

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्तपुँजीको १३ प्रतिशत बोनस सेयर र ७.३८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यो तीन वर्ष यताकै सर्वाधिक लाभांश हो । अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा बैंकले १०.३२ प्रतिशत लाभांश बाँडेको थियो । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ ।

यसमा प्रस्तावित १३ प्रतिशत बोनसले बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७