‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४र८५’ निष्काशन गर्ने भएको छ।
बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर ११.२५५ व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न लागेको हो ।
डिबेन्चर निष्काशनका लागि बैंकले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
जसका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।