५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु बैँक


२२ कार्तिक २०७९, मंगलवार
prabhu bank scaled

काठमाडौं । प्रभु बैँकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैँकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैँकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैँकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कवोल गरी आवेदन पेस गर्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुकले २२ कात्तिकबाट प्रभु बैँकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७