पश्चिम नेपालमा ५.७ रेक्टरको भुकम्प


२२ कार्तिक २०७९, मंगलवार
earthquake

काठमाडौं : मंगलबार राति पश्चिम नेपालकाे डोटी केन्द्रविन्दु भएर मंगलबार भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए ।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण छैन । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७