आचारसंहिता समान रुपमा लागू हुन्छ, साना–ठूला दल भन्ने हुँदैन : आयुक्त भण्डारी


२३ कार्तिक २०७९, बुधबार
Ram prasad Bhandar news

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताएका छन् ।

‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा भण्डारीले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताएका हुन् । आचारसंहिता कार्यान्वयनमा साना वा ठूला दल भन्ने प्रश्न नआउने उनले बताए ।

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले भने, ‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।’ दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारको कर्तव्य हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७