‘शान्ति बिना जलवायु नीति प्रभावकारी हुँदैन’

किभ । युक्रेनमा रूसी आक्रमणले विश्व सरकारहरूलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा एक भिडियो सन्देशमा राष्ट्रपति भने ।
युक्रेनमा रूसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जंगलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति हुन प्रभावकारी सक्दैन ।’
‘रुसी युद्धले एक ऊर्जा संकट ल्याएको छ, जसले दर्जनौं देशहरूलाई आफ्ना जनताको लागि ऊर्जा मूल्य कम गर्न कोइलाबाट चल्ने ऊर्जा उत्पादन पुनः सुरु गर्न बाध्य पारेको छ ।’ केही दिनअघि रुसले गरेको आक्रमणमा युक्रेनलका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति भएको थियो ।