प्रदेश–१ का वनमन्त्री एवं कांग्रेस उम्मेदवार थापाको निधनले प्रधानमन्त्री स्तब्ध


२३ कार्तिक २०७९, बुधबार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (क) का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

वनमन्त्री थापाको बुधबार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो । ‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्वर ३ (१) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खवरले स्तव्ध भएको छु । उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले जारी गरेको शोक सन्देशमा भनिएको छ ।

थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७