सुनको मूल्य एकै दिन १,४०० रुपैयाँले बढ्यो


२३ कार्तिक २०७९, बुधबार
Gold

काठमाडौं । सुनको मूल्य एकै दिन एक हजार ४०० रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७