मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ


२३ कार्तिक २०७९, बुधबार
pakrau
फाइल फोटो

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय सांगे लो लगायत छन् । उनीहरुलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलोज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७