भूकम्पका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन (तस्वीरहरु)


२३ कार्तिक २०७९, बुधबार
Bhukampa 5 scaled

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म पुर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गए राति डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प गएको थियो ।

उनले घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल प्रबन्ध मिलाउन निर्देशन समेत दिए । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइते हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिए । उनले भूकम्पमा परेर प्रभावित भएकालाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री खाँणले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Bhukampa 1
Bhukampa 2
Bhukampa 3
Bhukampa 4
Bhukampa 5
Earthquake in Doti 1 1
Earthquake in Doti 6
202211090941 d5282163 9acd 4269 83c7 c491ca64a269 medium

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७