डोटीमा भूकम्पमा परी घाइते सात जनालाई सेनाले गर्‍यो उद्धार


२३ कार्तिक २०७९, बुधबार
resque earthquake doti

डोटी । नेपाली सेनाले डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भूकम्पमा परी घाइते भएका सात जनालाई उद्धार गरेको छ । बुधबार बिहानदेखि भैरव प्रसाद गणबाट खटिएको उद्धार टोली तथा अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी पठाएको सेनाले जनाएको छ ।

314042425 445188804460271 3722508180791872519 n.jpg

सेनाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्री पश्चिम एयर बेस सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको छ । उक्त गणबाट प्राप्त राहत सामग्रीहरु र जिल्ला रेडक्रस सोसाइटी डोटीसँग समन्वय गरी प्राप्त भएका उद्धार तथा राहत सामग्रीहरु गणबाट खटिएका टोलीले घटनास्थलसम्म पुर्‍याई वितरण गरेको सेनाले जनाएको छ।

मंगलबार मध्यराति र बुधबार बिहान गएको ६.६ रेक्टर स्केलको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७