मतदाता भन्छन्, ‘नमस्कार र आश्वासनले तिर्खा मेटिदैन’


२३ कार्तिक २०७९, बुधबार
28 Shares
water mahila
फाइल फोटो

बागलुङ । बागलुङको निसीखोला–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३०औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्री समेत भएँ । तर, उनले घरमा खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनु पर्छ ।

गाउँका सयौँ जनता सहज र स्वच्छ खानेपानी उपभोग गर्नबाट बञ्चित छन् । मंसिर ४ को निर्वाचनका लागि अहिले पनि नेता घर–घरमा पुगेर पुरानै आश्वासन दोहोर्‍याइरहेका छन् । विकसहित गाउँलेले यसपाली पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् । ‘गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छौं’, विक भन्छन्, ‘अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, हामीहरु एकजुट भएर पानी ल्याइ दिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निसीखोला गाउँपालिका–२ को अर्नाकोट र सिँडेरीका दुई सय २० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले सहज र स्वच्छ खानेपानीबाट बञ्चित छन् । वर्षातको समयमा घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढ महिना पु¥याउनुपर्ने बाध्यता आफूहरुलाई रहेको स्थानीयवासी छलिबिरा विकले बताइन् । उनले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार नै मच्चिने बताइन् ।

‘चुनाव आयो की नेता पानी बाँड्न आउँछन्, उनीहरुले पानी ल्याइदिन्छौँ भन्न लागेको दशकौँ भयो’, उनले भने, ‘बिहान उठेदेखि पानी बोक्न सुरु गरेको राति नसुतुञ्जेल पानी बोक्नुपर्छ ।’ उनँले घण्टौँ हिडेर पानी बोकेर ल्याउनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउन नसक्दा छोराछोरीको पढाइ समेत विग्रिने गरेको गुनासो गरिन् । खानेपानीको धारा र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दापढ्दै छोड्ने गरेको विकको भनाइ छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरुले भ्रम छर्ने मात्रै गरेको उनी बताउँछिन् ।

jagdamba.cement
rbbbb

‘भोट माग्न आउँदा एक घर एक धारा बनाउँछौँ, चुनाव जितेर गए पछि कहिलै समस्या राख्न पाइँदैन, एक पटक पनि फर्किएर गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्’, उनले भनिन्, ‘नमस्कार र आश्वासनले हाम्रो तिर्खा मेटिदैन ।’

अर्नाकोटका अधिकांश स्थानीयवासी पानी बोक्नको लागि ढोरपाटन नगरपालिका–५ को बसुन्धरा, बाँसखोला र बराहथान जानुपर्छ । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले नसुनेको स्थानीयवासी झमबहादुर कुँवरले बताए । उनले गाउँको समस्याको बारेमा सरोकारवाला निकाय सबै ठाउँमा हारगुहार गरे पनि खानेपानी समस्याको समाधान गर्न नसकेको बताए । ‘गाउँको समस्या लिएर धेरै ठाउँमा माग राखियो, जताततैबाट आश्वासन मात्रै आयो तर पानी अहिलेसम्म आएन, अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान वरपर छैन’, उनले भने, ‘सानोतिनो भएका मुहान पनि सक्दै गए, पानीको स्रोत छैन ।’

स्थानीय दीपक विकले खानेपानीको समस्याले गर्दा गाउँका अधिकांस हुनेखाने बसाइँसराइ गरिरहेको बताए । उनले अर्नाकोटवासीको मुख्य समस्या खानेपानी भएको भन्दै नेताहरुले उनीहरुको पीडा नबुझ्ने तर चुनावमा तिनै स्थानीयवासीको मतको महत्व बुझ्ने गरेको बताउँछन् । यो ठाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । तर, खानेपानी र यातायातको सहज उपलब्धता नहुँदा ओझेलमा परिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७