१८१ कम्पनीको घट्यो शेयर मूल्य


२३ कार्तिक २०७९, बुधबार
share market 1

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा २ प्रतिशतको उच्च गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ३९.१५ अंकले गिरावट भएर १९१७.२२ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ४.७३ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा उच्च गिरावट भए पनि कारोबार रकम भने बढेको छ । सोमबार २ अर्ब नाघेको कारोबार रकम मंगलबार १ अर्ब ५ करोडमा झरेको थियो । तर, बुधबार भने बढेर १ अर्ब ४० करोड नाघको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजारको कारोबार भएको छ ।

जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाख २८ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८ लाख ४९ हजार र हिमालयन डिस्टिलरीको ५ करोड १० लाख ११ हजारको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८५ कम्पनीको शेयर कारोबार भएकोमा १८१ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ भने ४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । अपर हेवाखोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ७.४२ प्रतिशतले वृद्धि हुँदा विन नेपाल लघुवित्तको शेयर मूल्य १.७३ प्रतिशत, माउन्टन इनर्जीको शेयर मूल्य १.३३ प्रतिशत र बलेफी हाइड्रोपावरको शेयर मूल्य ०.४० प्रतिशतले बढेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ७.९५ प्रतिशतले गिरावट हुँदा गुराँस लघुवित्तको शेयर मूल्य ७.६० प्रतिशत र उपकार लघुवित्तको शेयर मूल्य ७.१७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७