मोरङ-३ ‘क’ काे नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक


२३ कार्तिक २०७९, बुधबार
nirbachan aayog

काठमाडौँ । निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको आज (बुधबार) निधन भएपछि आयोगले सो दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

आयोगले मनोनयन दर्ता भएर निर्वाचन चिह्नसमेत दिइसकिएको र प्रचारप्रसार गरिरहेको अवस्थामा उम्मेदवारको मृत्यु भएको भन्दै अब सम्बन्धित दलले पुनः उम्मेदवारको मनोनयन गर्नुपर्नेमा नयाँ निर्वाचन कार्यक्रम दिएको हो ।

आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । उम्मेदवार थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनलाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो । थापालाई डेंगुसँगै मंगलबार निमोनिया संक्रमण भएको थियो ।

Morang 3 1 Election Ammendment 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७