डोटी भूकम्प अपडेट : ६ जनाको मृत्यु, ८ जना घाइते र १० घर पूर्णरुपमा क्षति


२३ कार्तिक २०७९, बुधबार
Bhukampa 3

डोटी । गए राति डोटिस्थित खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ मा ६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार भूकम्पका कारण ८ जना घाइते भएका छन् भने १० घर पूर्णरुपमा क्षति भएको छ । ‘अछाम, बाजुरा, कैलाली जिल्लामा समेत केही घरमा क्षति पुगेको सुचना प्राप्त भएको छ,’ गृहले विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरुमा समवेदना प्रकट गरिएको छ ।

‘तत्कालको खोज, उद्दार तथा राहतका लागि स्थानीय तहको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दा समेत परिचालन भई घाइतेहरुको उद्धार कार्य भई ६ जनाको स्थानीय अस्पतालमा र २ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ,’ गृहले भनेको छ ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण संकलनको कार्य स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालय मार्फत भइरहेकोमा पूर्ण विवरण प्राप्त भएपछि जानकारी गराइने गृहले जनाएको छ ।

‘विपद्मा मृत्यु भएका परिवारलाई तथा पूर्ण तथा आंशिक घर क्षति भएकालाई राहत रकम तत्काल वितरण गर्ने प्रबन्ध मिलाउनुका अतिरिक्त घाइतेहरुको उपचारको व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । गृहले भूकम्प प्रभावित क्षेत्रमा प्रदेश गोदाम घर धनगढीबाट एक ट्रक राहत सामाग्री पठाइसकिएको जानकारी गृहले दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७