शहरी विकासमन्त्री चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई मधेसी आयोगको पत्र


२३ कार्तिक २०७९, बुधबार
metmani 1

काठमाडौं । मधेसी आयोगले शहरी विकास मन्त्री समेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । दाङ–१ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रशारित कार्यक्रममा मधेसीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेसी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।

चौधरीले मधेसी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ । सो उजुरी दर्ता भएपछि आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा मधेसी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको हो ।

अध्यक्ष डा. दत्तले मधेसी समुदायलाई लक्षित गरी यस्ता विभेदपूर्ण भाषण दिनु खेदजनक भन्दै यस्ता अभिव्यक्तिहरुप्रति आयोग सचेत रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७