दराजको ११ :११ सेल, ८० प्रतिशत छुटका साथै ११ रुपैयाँसम्मको मेगा भौचर


२३ कार्तिक २०७९, बुधबार
49 Shares
daraz sale1667977807

काठामाडौं । नेपालको अनलाइन बजारले सबैभन्दा ठूलो सेल ११:११ सुरू हुन लागेको घोषणा गरेको छ।

यो अभियान कात्तिक २४ ९नोभेम्बर १०० मध्यरातमा सुरू हुनेछ छ भने यस वर्षको ११:११ विगतका वर्षहरूभन्दा ठूलो हुने र ग्राहकहरूलाई थप आकर्षक किनमेल अनुभव प्रदान गर्ने दराजले विश्वास लिएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस अभियानको मुख्य हाइलाइटहरूमा ११ लाख सामानहरूमा ८० प्रतिशतसम्मको छुट ११ हजार १११ रुपैयाँसम्मको मेगा भौचर, प्रि पेमेन्टमा २० प्रतिशत अधिकतम ३ हजार रुपैयाँसम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ ६५ इन्चको मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ।

त्यस्तै, ११:११ मा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत २० प्रतिशत (अधिकतम ३० हजार) र डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम २५ हजारसम्म) बचत गर्न पाउने बताइएको छ।

jagdamba.cement
rbbbb

कम्पनीका अनुसार नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकहरुले उक्त छुट पाउन सक्नेछन्।

त्यसैगरी, आफ्नो आइएमइ पे वालेटमार्फत भुक्तानी गरेमा १५ प्रतिशत अधिकतम १ हजार १११ रुपैयाँ सम्मको अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।

साथै, एनआइसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (इएमआई) पनि प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै, ११:११ मा लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ जहाँ ग्राहकहरूले मात्र १ रुपैयाँमा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७