काठमाडौं नारायण गोपाल चोकमा ट्रकले ठक्कर दिंदा दम्पतीको मृत्यु


२३ कार्तिक २०७९, बुधबार
accident 2

काठमाडौं । काठमाडौंको नारायण गोपाल चोक नजिकै ट्रकको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी स्कुटरमा सवार कास्कीको मादी–५ का ४७ वर्षीय बेलबहादुर रानामगर उनकी श्रीमती ४१ वर्षीय कल्पना रानामगरको ज्यान गएको छ ।

आज (बुधबार) अपरान्ह ना ८ख १८४१ नम्बरको ट्रकले बा प०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दम्पती गम्भीर घाइते भएका थिए । उनीहरुलाई तत्काल शिक्षण अस्पताल लगिए पनि उपचारका क्रममा ज्यान गएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

ट्रक चालक चितवन राप्ती नगरपालिका १ का राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपरान्ह ४ः४० बजे नारायण गोपाल चोकबाट अन्दाजी ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा दुर्घटना भएको एसपी मैनालीले बताए ।

तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई उद्दार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पु¥याए पनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । उनीहरुको साथमा भेटिएको नागरिकता प्रमाण–पत्रको आधारमा परिचय खुलेको हो । प्रहरीले मृतकका आफन्तहरुलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७