सुनसरी बदल्ने विजयको संकल्प : त्रिविका चर्चित स्ववियु सभापति दुई दशकपछि मैदानमा


२३ कार्तिक २०७९, बुधबार
Vijaya Rai 1 scaled

सुनसरी : ६० दशकतिर विद्यार्थी आन्दोलनमा एउटा चर्चित नाम थियो, विजयकुमार राई । उतिबेला विद्यार्थी राजनीतिको केन्द्र त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको दबदबा । त्यही अप्ठ्यारोमा अनेरास्ववियुको विजयको झन्डा गाड्ने नेता हुन्, राई । उनी २०६० सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिमा निर्वाचित भए ।

राजतन्त्र विरुद्धको आन्दोलनसँगै शैक्षिक सुधारको क्षेत्रमा पनि उनको कार्यकाल कोसेढुङ्गा भयो । विद्यार्थीको हकहितको निम्ती अनेकौं सुधारका काम सरे । क्याम्पसबाट पासआउट भइसकेको विद्यार्थीहरुले समेत पहुँचको भरमा क्याम्पसको होस्टलका कोठाहरु कब्जा जमाएर बस्ने गलत परम्परा उनकै पालामा अन्त्य भयो । त्यसरी कब्जा गरेर बसेका होस्टलहरु खाली गराएर नयाँ आउने विद्यार्थीलाई दिए ।

राईले त्रिवीमा एकेडेमी क्यालेण्डरको निर्माणको थालनी गराए । २०६० सालमा देशभरका स्वावियु सभापतिहरुको साझा फोरम स्ववियु काउन्लिसको संयोजक पनि भए, उनी । स्ववियु काउन्सिल अर्थात् सभापतिहरुको पनि सभापति ।

बदल्ने संकल्प
त्रिवीमा सभापति भएको करिब दुई दसकपछि राई संसदीय मोर्चामा आइपुगेका छन् । ब्रिटिस लाहुरेका छोरा राई लाहुरेहरुको शहर बदल्ने संकल्प बोकेर प्रदेशसभा सदस्यको उम्मेवार बनेका छन् । विद्यार्थी मोर्चाको निर्वाचन र अभियाानका सफल कमाण्डर राई गएको ७ वर्ष यता धरानलाई कार्यथलो बनाएर काम गरीरहेका छन् । नेकपा (एमाले) एक नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नं. १ (ख) का इञ्चार्ज समेत छन् ।

राई विजय मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ (ख) मा प्रत्यक्षतर्फका सूर्यध्वजावाहक उम्मेदवार छन् । समृद्धि र विकासको एजेन्डा लिएर उनी मैदानमा छन् । आफ्नो क्षेत्रको समग्र विकास र क्षेत्रबासीहरुको आर्थिक जीवन बदल्ने परिवर्तनकारी योजनाहरु प्रस्तुत गरेका छन् ।

धरानलाई काठमाडौंको केन्द्रसँग जोड्ने पनि उनको संकल्प छ । भन्छन्, ‘स्थानीय सरकार र प्रदेशसरकारविचको पुलको कामसँगै सुनसरी क्षेत्र न.१ (ख) लाई काठमाडौंसँग जोडेर समृद्धि र विकासका अभियान सुरु गर्नेछु ।’

सुकुम्बासीहरुको स्थायी समधान खोज्ने अर्को उनको योजना छ । भन्छन्, ‘सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने छौ ।’ एमाले र जसपाको संयुक्त सरकारका बेलामा ऐन बनेको भन्दै राईले सुकुम्बासी समस्याको स्थायी समाधान दिनुपर्छ भनेर आफूहरु लागि परेको बताए । ‘वर्षौंदेखि धनीपूर्जा दिनेदिने भनेर राजनीतीकरण भइरहेको छ, उनले भने, ‘हामी राजनीति गर्न चाहदैनौ, सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरुलाई स्थायी प्रकृतिको लालपूर्जा वितरणमा संवेदनशील छौँ ।’

विष्णुपादुका, बराहक्षेत्र र विजयपुर क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास गर्ने । विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, खुवालुङ, चतरा, रामधुनी र पकलीको जव्दी महारानी (थारु आदिवासी जनजातिको आस्थाको केन्द्र) क्षेत्रलाई समेटेर वृहत धार्मिक सर्किट निर्माण गर्ने, विष्णुपादुका क्षेत्रको सौन्दर्यकरण गर्दै पर्यटन वृद्धि गरी आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको लागि बहुआयामिक परियोजनाको रुपमा कोकाहा ड्याम निर्माण गर्ने लगायतका उनको मार्गचित्र छ ।

धरानबाट केन्द्रसम्म
राईको राजनीतिक आधारभूमि धरान नै हो । २०४६ सालमा धरानको महेन्द्र क्याम्पसबाट व्यावस्थापनमा स्नातक गरेका राईले विद्यार्थी राजनीति धरानबाट नै सुरु गरेका हुन् । धरानपछि कीर्तिपुर क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा एमबिएसम्मको अध्ययन पूरा गरे । उनले धरान–११ स्थित ज्ञानोदय माविमा केही वर्ष अध्यापन समेत गरे ।

२०४० सालदेखि विद्यार्थी राजनीतिमा होमिएका विजय विद्यार्थी राजनीतिमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुँदै शैक्षिक विभाग प्रमुख समेत बने ।

उनी नेपाल खेलकुद महासंघका संस्थापक उपाध्यक्ष समेत बने । एकपछि अर्को राजनीतिक छलाङ मार्दै हिंडेका विजय त्रिविको सिनेटर बने । उनी तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिवको जिम्मेवारी समेत निर्वाह गरे । जनआन्दोलनका एक कमाण्डर हुन् उनी। आन्दोलनको क्रममा पटकपटक प्रहरीको गिरफ्तारीमा परे । उनी ३ पटक प्रहरीको गिरफ्तारीमा परे । ४ महिना जेल जीवन बिताए ।

विजयको विकासको मार्गचित्र

  • धरानमा खेलकुदको पूर्वाधार विकास तथा सुदृढीकरण गर्ने, खेलग्राम निर्माण, खेलकुद तथा संगीत एकेडेमी खोल्न पहल गर्ने । 
  • निर्माणाधिन स्मार्ट वसपार्क तथा धरान–६ मा औद्योगिक ग्राम समय भित्रै सम्पन्न गर्ने । 
  • धरान–१७  को सप्तरंगी पार्कमा पर्यटकीय पार्कको रुपमा विकाश गरिनेछ ।  
  • शिवजट्टाको सौन्दर्यकरण गर्ने र पर्यटकीय पूर्वाधार विकास गर्ने । 
  • किरातकालिन विजयपुर दरवार पुर्ननिर्माण गर्न पुरातात्विक अध्ययन, अनुसन्धान गर्ने । 
  • स्वस्थ्य र सफा मासु आपूर्तिको लागि आधुनिक एवं व्यवस्थित पशु बधशाला  निर्माण गर्ने ।
  • विष्णुपादुका, बराहक्षेत्र र विजयपुर क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास गर्ने । 
  • विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, खुवालुङ, चतरा, रामधुनी र पकलीको जव्दी महारानी (थारु आदिवासी जनजातिको आस्थाको केन्द्र) क्षेत्रलाई समेटेर वृहत धार्मिक सर्किट निर्माण गर्ने । 
  • धरान–२० मा विष्णुपादुका क्षेत्रको सौन्दर्यकरण गर्दै पर्यटन वृद्धि गरी आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको लागि बहुआयामिक परियोजनाको रुपमा कोकाहा ड्याम निर्माण गर्ने । 
  • धरान–४ हर्दियामा मनमोहन पार्क तथा धरान भ्यु पोइन्ट निर्माण सम्पन्न गरिनेछ ।  
  • धरान–२० को तारेभिरमा रक क्लाईम्विङको लागि व्यवस्था गर्ने । 
  • केवलकार निर्माणको लागि लगानी भित्राउने पहल गर्ने । 
  • वृहत बराहक्षेत्रको वृहत्तर विकासको लागि पहल गर्ने । 
  • रामधुनी ६ र ७ धरान ४, ५, ६ र २० तथा बराहक्षेत्रका ग्रामिण खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्ने । 
  • रामधुनीस्थित जुरीताल र रासताललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने । 
  • रामधुनी वडा नम्बर ६ र ७ लाई धरान जोड्ने लगुना–धरानको हरियाली सडक खण्ड निर्माण सम्पन्न गर्ने । 
  • कुमारखत पञ्चायन हुँदै धरान जोड्ने सडक निर्माण सम्पन्न गर्ने । 
  • बराहक्षेत्र र रामधुनीलाई पायक पर्ने स्थानमा शीतभण्डार सहितको कृषि उपज बजार निर्माण गर्ने ।
  • बहुजातीय संग्राहलय तथा सुविधा सम्पन्न आधुनिक सभा भवन निर्माण गर्न पहल गर्ने ।
  • पर्यटन पूर्वाधारहरु विस्तार गरी पर्यटन केन्द्रको रुपमा विकास गर्ने । 
  • धरानको खानेपानीको समस्यालाई पूर्णरुपले स्थायी समाधान गर्न पहल गर्ने । 
  • सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई धनीपूर्जा दिई समाधान गर्न पहल गर्ने । 
  • सप्तकोशी र तमोरकोे पानीलाई सिँचाई, खानेपानी, जलविद्युत, जल यातायात तथा जलक्रिडाका लागि बहुद्देश्यीय उपयोगको लागि अध्ययन र निर्माण गराउन पहल गर्ने । 
  • चतरा–बराहक्षेत्र, चक्करघटी–चतरा, चक्करघटी–धरान, कालाबञ्जर तथा बक्लौरीलाई धरानसँग जोड्ने सडकहरुको स्तरोन्नति गर्ने । 
  • मदन भण्डारी राजमार्ग अन्र्तगतको बगुवाको खहरेमा पूल निर्माण कार्यलाई अगागि बढाउने । 
  • धरान–लेउती सुरुङमार्ग निर्माण कार्यलाई जलाधार क्षेत्रलाई नकारात्मक असर नपुग्ने गरी अगाडि बढाउने र तमोर करिडोर सडकसँग जोडेर धरानको व्यापार तथा उद्यमलाई टेवा पु¥याउने काम गर्ने । 
  • कोशी राजमार्गको तीनकुनेदेखि जिरोपाईन्टसम्मको खण्ड निर्माण कार्य जनभावना र प्राविधिक आवश्यकता अनुकुल गराउने । 
  • सर्दु र सेउती कोरिडर सडक निर्माण कार्यलाई अगाडि बढाउने । 
  • सर्दु–विष्णुपादुका–सूर्र्यकुण्ड–देवीस्थानसम्मको सडकको स्तरोन्नति गर्ने । 
  • बराहक्षेत्र वडा नं. १, लालवस्तीमा बाटो कालोपत्रे गर्ने । 
  • सुनसरी निर्वाचन क्षेत्र नं. १ लाई सडक सञ्जालबाट सम्पूर्ण रुपमा जोडेर एकीकृत गरी सेवा प्रदान गर्न सक्ने अवस्था निर्माण गर्ने । 
  • धरानको शिक्षालयहरुलाई अझ व्यवस्थित गर्ने र संकायहरु विस्तारको लागि पहल गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७