अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने


२४ कार्तिक २०७९, बिहीबार
IMF

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न यो सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता भएको आईएमएफले जनाएको छ ।

रूसले युक्रेनमा आक्रमण थालेपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अरु एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बंगलादेश पनि प्रभावित भएको छ । झण्डै १७ करोड जनसंख्या भएको दक्षिण एसियाली देश बङ्लादेशले यस वर्षको सुरुमा आईएमएफसँग सहयोग अनुरोध गरेको थियो ।

पछिल्लो समय बंगलादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ । युक्रेनमा रूसको आक्रमणका कारण बङ्लादेशको आर्थिक पुनरूत्थानमा अवरोध पुगेको आईएमएफका टोली प्रमुख राहुल आनन्दले बताएका छन् । बंगरण्लादेशले चालु खाता घाटा, विदेशी मुद्रा सञ्चितिमा गिरावट, बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिसँगै जलवायु परिवर्तनको समस्या पनि भोग्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७