कारबाओ कप : लिभरपुल र सिटीको जित, चेल्सी र आर्सनल बाहिरिए


२४ कार्तिक २०७९, बिहीबार
lampty 20221110070412

काठमाडौं । इङ्लिस कारबाओ कपअन्तर्गत बुधबार भएको तेस्रो चरणको खेलमा आर्सनल र चेल्सी पराजित भएका छन् । म्यानचेस्टर सिटी र लिभरपुल भने जित हात पार्दै माथिल्लो चरणमा पुगेका छन् ।

बुधबारको खेलमा आर्सनल ब्रिंघटन एण्ड होभ अल्बिओनसँग ३–१ गोल अन्तरले पराजित भएको हो । त्यस्तै लिभरपुलले पेनाल्टी सुटआउटमा डर्बी काउन्टीलाई ३–२ गोल अन्तरले हराएको हो । अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २–० गोल अन्तरले हरायो । त्यस्तै नटिंघम फरेस्टले पनि टोटनह्याम हटस्परमाथि २–० गोल अन्तरको जित हात पार्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७