क्यास्पियन तटमा १३० लोपन्मुख सिल मृत फेला


२४ कार्तिक २०७९, बिहीबार
69324315acbff1d3b8b7ea7e66e068a27baecc89 wb6Y9wbswH

कजाकिस्तान । क्यास्पियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयका प्रवक्ताले एएफपीलाई भने, ‘मृत सिलहरू फेला परेको छ ।’

मन्त्रालयले देशको पश्चिममा क्यास्पियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको जनाएको छ । शव परीक्षण गरिने र यस क्षेत्रको माटो र पानीको नमूनाहरू विश्लेषण गरिने काजाख वातावरण विशेषज्ञहरूले बताए ।

संसारको सबैभन्दा ठूलो अन्तरदेशीय पानी क्यास्पियन सागरमा अवस्थित यी सिललाई काजाख सरकारले नोभेम्बर २०२० मा लोपोन्मुख प्रजातिहरूको सूचीमा राखेको थियाो । क्यास्पियन सागर पाँच देशहरूः रूस, काजाकिस्तान, अजरबैजान, इरान र तुर्कमेनिस्तानले घेरिएको छ । क्यास्पियन सागरको सिल जनसंख्या दशकौंदेखि अत्यधिक शिकार र औद्योगिक प्रदूषणको प्रभावबाट ग्रस्त छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७