रसुवामा उम्मेदवार प्रचारप्रसारमा व्यस्त


२४ कार्तिक २०७९, बिहीबार
7 Shares
RP Kanchanpur 2

रसुवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । स्वतन्त्र उम्मेदवार पाटीखर्कका लिलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ पनि चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मोहन आचार्य, एमालेका छोवाङ तेन्जिङ तामाङ, राप्रपाका टीकाप्रसाद देवकोटा, नेमकिपाका रामेश्वर वासी, जन समाजवादी पार्टीका सिर्जना सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनका विकास गलान र राष्ट्रिय स्वतन्त्र दलका मीननाथ देवकोटा चुनावी मैदानमा छन् ।

jagdamba.cement
rbbbb

सबै उम्मेदवारले समग्रमा गाउँको विकास गरी जनतालाई सुख सुविधा पु¥याउने वाचा गर्दै आएका छन् । उनीहरुले प्रमुखरूपमा स्वास्थ्य, शिक्षा, रोजगारलगायत कुरामा जोड दिँदै आएका छन् । उम्मेदवारले आमसभाभन्दा घरदैलो कार्यक्रमलाई जोड दिएका छन् । घरघरमा पुगी भेटघाटको माध्यमबाट मत माग्नमा उम्मेदवार व्यस्त छन् ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवारको साथमा प्रदेशसभा सदस्यका उम्मेदवार रहने गरेका छन् । सत्ता गठबन्धनबाट प्रदेशसभा ‘क’ मा कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट, नेमकिपाका बाबुकाजी माकजु, राप्रपाका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनका जितमान तामाङ, जन समाजवादीका कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीका पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उम्मेदवार सिदार वाङजेन लामा रहेका छन् ।

प्रदेशसभा ‘ख’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गौतम, एमालेका तेम्व्रेल तामाङ, राप्रपाका हरिप्रसाद घिमिरे, नेमकिपाका तुल्सिराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीका वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनका वाङ्दे घले, नेपाली कांग्रेस (बिपी)का शारदाकुमार न्यौपाने र स्वतन्त्रबाट चेसाङ तामाङ उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७