युक्रेनको खेरसनबाट रुसी सेना फर्किन मस्कोको आदेश


२४ कार्तिक २०७९, बिहीबार
russian army ukraine dV7AubgIwU

मस्को । युक्रेनी सेनाको जवाफी आक्रमणबीच रुसले आफ्नो अभियानलाई थप ठूलो धक्का दिँदै बुधबार दक्षिणी युक्रेनको खेरसन सहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको छ । ‘सेना फिर्ता गर्न सुरु गर्नुहोस्’, रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा भने ।

कमाण्डरले शहरबाट फिर्ता लिने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने ‘कठिन निर्णय’ प्रस्ताव गरेका थिए । खेरसन सहर रूसले आफ्नो ‘विशेष सैन्य अपरेसन’ को समयमा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो र फेब्रुवरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोको सेनाद्वारा नियन्त्रित एक मात्र क्षेत्रीय राजधानी थियो ।

युक्रेनका सेनाले हप्तौंदेखि ब्ल्याक सी नजिकैको सहर जाने बाटोमा रहेका गाउँहरू कब्जा गर्दै आएका छन् र खेरसनमा क्रेमलिनद्वारा स्थापित नेताहरूले सर्वसाधारणलाई बाहिर निकालिरहेका छन् । तर, युक्रेनले रुसी घोषणाप्रति शंकास्पद प्रतिक्रिया दिएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले केही रुसी सेना सहरमा रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७