चेल्सीलाई हराउँदै सिटी चौंथो चरणमा


२४ कार्तिक २०७९, बिहीबार
man city vs chelsi

काठमाडौं । रियाद मेहराज र जुलियन अल्भारेजको गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई २–० अन्तरले पराजित गर्दै काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।

पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन् । सिटीका ज्याक गे्रअलिस र १८ वर्षीय मिडफिल्डर लेविस हलले पाएको मौका सदुपयोग गर्न सकेनन् । सिटीले घरेलु मैदानमा सुधारिएको खेल देखाउँदै गोल गर्न सफल भयो ।

दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे । यससँगै सिटीले खेलको ५३ औं मिनेटमा अग्रता लियो । अल्भारेजले ५८औं मिनेटमा गोल गर्दा सिटी सहज जिततर्फ अग्रसर भयो । आठ पटकको च्याम्पियन पेप ग्वार्डिओलाको सिटीले तेस्रो चरणमा अहिले सम्म पराजित हुनु परेको छैन ।

पहिलो हाफमा क्रिस्टियन पुलिसिकले दुई मौका गुमाउँदा चेल्सी हारमा बाध्य भयो । दोस्रो हाफमा समेत चेल्सी भाग्यमानी रहन सकेन । दोस्रो हाफमा सिटीका पूर्व खेलाडी रहिम स्टर्लिङ मैदान प्रवेश गरेपनि कुनै जादु देखाउन सकेनन् ।

यससँगै ग्राहम पोटरको नेतृत्वमा रहेको चेल्सीले पछिल्लो सात खेलमा दुई खेल मात्रै जितेको छ । शनिबार चेल्सीले प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग खेल्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७