१२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्ड पुग्यो चिरख्वा हाइड्रो

काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति मागेको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।