सफल अर्थमन्त्री सुरेन्द्रका समृद्धि संकल्प : देशलाई सन्देश दिने गरी चितवन बदल्ने


२४ कार्तिक २०७९, बिहीबार
623 Shares
Surendra Pandey scaled

इमानदार र कुशल कर्मचारी मानिने पूर्व अर्थ सचिव रामेश्वर खनाल जो डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला आर्थिक सल्लाहकार थिए । तत्कालीन अर्थमन्त्री रहेका सुरेन्द्र पाण्डेका बारेमा भन्छन्, ‘आर्थिक सूचना तथा परिसूचकहरू तत्काल बुझ्न र सटिक विश्लेषण गर्न उहाँ अरूभन्दा कम हुनु हुन्नथ्यो । चुनौती र सम्भावनाबारे उपयुक्त दृष्टिकोण तथा सोंच निर्माण गर्न सक्ने र विकासका आयामहरू राम्रोसँग बुझेको अर्थमन्त्री हुनुहुन्थ्यो ।’

पाण्डे अर्थमन्त्री भएका बेला अर्थ सचिव रहेका खनालले ‘अर्थशास्त्र नपढेका अर्थमन्त्री’ शीर्षकको एउटा लेखमा उतिबेलाका संस्मरणसहित नेपालका अर्थमन्त्रीहरुको बिश्लेषण गरेका छन् । अर्थशास्त्र नपढेका अर्थमन्त्रीले अर्थ मन्त्रालय चलाउन नसक्ने भन्दै शुरुमा मिडियाले समेत प्रश्न गरे । खनाल लेख्छन्, ‘अर्थमन्त्रीका रुपमा सुरेन्द्र पाण्डेको प्रारम्भ र अन्त्यमा गरिएका सार्वजनिक मूल्यांकन आकास–जमिन फरक छन् । शुरूमा उहाँको योग्यता र क्षमतामा थुप्रै प्रश्न उठे । खासगरी आर्थिक पत्रकार जगतले उहाँमाथि भरोसा गर्न सकेन । अन्त्यमा, उहाँको तारिफमा लेखहरू प्रकाशित भए ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पाण्डेले अर्थमन्त्रीका रुपमा यस्तो काम गरे, की शुरुमा उनको योग्यता र क्षमतामाथि प्रश्न र शंका गर्नेहरुले तारिफमा धेरै लेखहरु लेखे । खनालका अनुसार पाण्डेका बारेमा उनको पार्टी नेकपा (एमाले) का बारेमा शुरुमा उस्तै प्रकारको चासो र प्रश्न थियो । पाण्डे अर्थमन्त्री भएको दुई सातापछि एमालेका एक शीर्ष नेताले खनाललाई घरमा भेट्न बोलाएछन् । ती नेताको घरमा खनाल पुग्दा भेटघाटका लागि आँगन र भेटघाट–कक्षमा बिहानै पुगेका एक दर्जनभन्दा बढी मानिस यताउति गरिरहेका थिए । खनाल सम्झिन्छन्, ‘पालैपालो भेट्ने हो भने त मेरो पालो मध्याह्नसम्म पनि आउन्न कि भनेर सोंच्दै थिएँ, निजी सचिव हात समात्न आइपुगे ।’

ncll 2

भेटघाटको शुरुवात नै ती शीर्ष नेताले अर्थमन्त्रीले कस्तो काम गर्दैछन् भन्ने प्रश्न साथ गरे । खनाल लेख्छन्, ‘त्यो बेलासम्म (र, अहिले पनि) सुरेन्द्र पाण्डेका बारेमा तारिफ गर्नुपर्ने विषय र तर्कबाहेक नकारात्मक भन्नुपर्ने मसँग केही थिएन । मैले त्यही भनें । उहाँ सन्तुष्ट हुनुभएन । पार्टीभित्रको किचलोको कथाहरू सुनाउनु भयो । अर्को होनहार थियो, उसलाई पाखा लगाइयो भन्नुभयो । विकासका उहाँका सोंच बताउनु भयो । एक घण्टा बित्यो ।’

jagdamba.cement

नेताहरुले पनि यसरी आशंका गरेका थिए । तर पाण्डेले जसरी अर्थ मन्त्रालय चलाए । पछि सबैले उनको प्रशंसा गरे । खनाल लेख्छन्, ‘कार्यकालको शुरुवाती अवस्थामा सुरेन्द्र पाण्डेका बारेमा जुन किसिमको चर्चा बाहिर हुन्थ्यो, त्योभन्दा चर्को चर्चा शायद उहाँको पार्टीभित्र हुन्थ्यो । तर, त्यसविपरीत आर्थिक सूचना तथा परिसूचकहरू तत्काल बुझ्न र सटिक विश्लेषण गर्न उहाँ अरूभन्दा कम हुनु हुन्नथ्यो । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विदेशी अर्थमन्त्रीहरूसँग नेपालसँग सम्बन्धित आर्थिक विषयहरू र आर्थिक परिसूचकहरूको विश्लेषण तथा छलफल गर्दा पछाडि बसेर सचिवले वा अरू कसैले उहाँलाई सहयोग गर्नु परेन ।’

Surendra Pandey

सफल अर्थमन्त्री : एक अध्येता
नेकपा (एमाले) का उपाध्यक्ष रहेका पाण्डेले अर्थ मन्त्रालय २०६६ जेठदेखि २०६७ माघसम्म मात्रै चलाए । तर यो छोटो अवधिमा उनले कहिल्यै नमेटिने छाप छोडेर गएको पूर्व अर्थ सचिवहरुको भनाई छ । र, आज पनि उनलाई भनिन्छ, ‘सफल अर्थमन्त्री ।’ उनी कस्ता अर्थमन्त्री थिए ? पूर्व अर्थ सचिव खनालले माथि गरेको टिप्पणी नै पर्याप्त छ ।

उनले छोटो अवधिमा अर्थमन्त्रीको रुपमा जसरी काम गरे । त्यही कारण अर्थतन्त्रको क्षेत्रमा काम गर्नेहरुले घरीघरी भन्छन्, ‘सुरेन्द्र पाण्डे एक पटक अर्थमन्त्री भए हुन्थ्यो ।’ आर्थिक विषय, आर्थिक परिसूचकहरूको गहिरो विश्लेषण गर्न सक्ने र अर्थतन्त्रका चुनौती, सम्भावनाबारे उपयुक्त दृष्टिकोण भएको नेता रुपमा उनलाई सबैले सम्मान गर्छन् । त्यस कारण उनी अर्थतन्त्र क्षेत्रको एउटा अध्येता पनि हुन् ।

पछिल्लो समयमा डाटा पुँजीवादको बिषयमा गहिरो बिश्लेषण गर्दै आएका छन्, उनले । एक्काइसौं शताब्दीको पुँजीवादको मुख्य रुप डाटाको संकलन, निजी डाटाको खरिद–बिक्री बन्न पुगेको उनको निचोड छ । दुनियाँको विश्व मञ्चमा बदलिएको आर्थिक आयम र बदलाबहरुसँगै नेपाली अर्थतन्त्रलाई कसरी लैजान सकिन्छ ? त्यो बिषयमा गहिरो ज्ञान भएको कम नेतामध्ये एक हुन्, उनी ।

यो २१ औं शताब्दीको पुँजीवादको मुख्य रूप डाटाको संकलन, खरिद–बिक्री (विशेष रूपले निजी डाटाको खरिद–बिक्री) बन्न पुगेको उनको निचोड छ । भन्छन्, ‘विश्व अर्थतन्त्र मूल रूपले वस्तु आधारितबाट ज्ञान आधारितमा फेरिएको छ । पहिला धनको मुख्य स्रोत भौतिक सम्पत्ति, सुनखानी, जमिन, तेलका कुवा आदिलाई मानिन्थ्यो । जमिन, सुनका खानी र तेलका कुवा लडाइँबाट जित्ने र कैयौं देशमा उपनिवेश खडा गरिन्थ्यो । तर अहिले ज्ञानद्वारा विजय प्राप्त गर्ने होडमा देशहरू रहेका छन् ।’

विकास सन्दर्भमा पाण्डेको स्पष्ट दृष्टिकोण र योजना छ । भन्छन्, ‘हामी नेपालीका विभिन्न प्रवृत्तिगत समस्या छन् । ठूलो समस्या हो, काम नगर्ने । कामै नगर्ने प्रवृत्तिका कारण हामी पछाडि परेका हौं । नेपालीहरू काम गर्न होइन, गफ, जुलुस र आन्दोलन गर्नमा धनी छन् । अब यसरी हुन्न ।’

चितवनले देला देशको अर्थतन्त्र हाँक्ने अवसर ?
उनै पाण्डे चितवन मात्रै होइन देशको विकास र समृद्धिको नयाँ सपना बनाएर चुनावी मैदानमा छन् । चितवन निर्वाचन क्षेत्र नं. १ बाट यसअघि दुई पटक निर्वाचित पाण्डेले यसपालिको एजेण्डा समृद्धि बनाएका छन् । त्यसो त पाण्डेले यसअघि चितवनको विकासमा पनि उलेख्य काम गरेका छन् । चितवनको भण्डारा–मलेखु चेपाङ्ग मार्ग, राप्ती क्षेत्रको कटान रोक्न तटबन्ध, सडक मर्मत र कालोपत्रेमा गराए । पूर्वी चितवनमा सडक कालोपत्रे गराए । ३५ पक्की पुल निर्माण गराए ।

पूर्वी चितवनमा खानेपानीको समस्या सम्बोधन गराए । उत्तरी भेगमा बोरिङ्गबाट सिचाई, भण्डरामा राप्ती अस्पताल १८ करोडमा १५ बेड, खैरेनीमा १५ बेडको अस्पताल, रत्न नगरमा ५० बेडको अस्पतालमा विशेषज्ञ सेवा, विभिन्न जातिका सांस्कृतिक भवन निर्माणलगायतका आयोजना सम्पन्न गराए । उनी अर्थमन्त्री भएकै बेला मध्यपहाडमा १० वटा शहर निर्माणको अवधारणा आयो । मध्यपहाडी लोकमार्ग र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण शुरु भयो । पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको पाइलट प्रोजेक्ट शुरु गराए ।

surendra Pandey 1

चितवनको समृद्धिका लागि मार्गचित्र बनाएर उनी मैदानमा छन् । भन्छन्, ‘खासमा समृद्धिको बर्षहरु अब शुरु हुनेछन् । म चितवनलाई देशकै उत्कृष्ट जिल्लाको रुपमा विकास गरेर उदाहरण प्रस्तुत गर्न चाहन्छु ।’ पाण्डेसँग गठबन्धनबाट नेपाली कांग्रेसका डा. विश्व पौडेल उम्मेदवार बनेर पुगेका छन् । अर्थशास्त्री पौडेल र सफल अर्थमन्त्रीको यो भिडन्तलाई सबैले रोचक गरी हेरेका छन् ।

त्यसो त पाण्डेकै नेतृत्वमा चितवनलाई धेरै बजेट आउने जिल्लाको सूचीमा छ । भन्छन्, ‘पहिले राष्ट्रिय बजेट आउनेमा चितवन जिल्ला ३० नम्बर भन्दा तल थियो । पूर्वी चितवनका थुप्रै आयोजनामा पैसा हालिसकेपछि बजेट आउने जिल्लामा शीर्ष १० भित्र प-यो चितवन । अर्थमन्त्री भएपछि सबै पैसा चितवनमा लग्यो भन्ने आरोप पनि लाग्यो । त्यो पहुँच भएकै कारणले यहाँ पैसा आउन थाल्यो, नभए आउँदै आउँदैन थियो ।’

यसअघि योजना आयोगमा रहेका डा. पौडेले धेरै ठाउँमा आफूले बजेट हालिदिएको भन्दै प्रचार गरिहेका छन् । यसबाट दिक्क रहेछन्, पाण्डे । भन्छन्, ‘उहाँ (विश्व पौडेल) ले पूर्व पश्चिम राजमार्ग टिकौलीदेखि पथलैयासम्मको बाटो आफूले गरिरहेको भन्नु भएछ । मैले तुरुन्तै सडक विभागको डीजीलाई हिजोअस्ती मात्रै फोन गरेर सोधें । सन् २०२० मै वसन्त नेम्वाङ भौतिक पूर्वाधार विकासमन्त्री भएका बखत डीपीआर भएर एसियाली विकास बैंकबाट बनाई दिने सम्झौता भएको थाहा भयो । त्यसले अहिले डीपीआर गरिरहेको छ । अब अर्को वर्ष मात्रै लोन एग्रिमेन्ट हुन्छ । अहिले केही पनि भएको छैन । उहाँले मैले गरें भनिदिनु भएको छ । नकचरालाई के उपचार हुन्छ !’

आफूहरुले हालेको योजना योजना आयोगबाट डा. पौडेलले हालेको भनेर गठबन्धनले प्रचार गरिरहेको उनले बताए । भने, ‘अहिले योजना आयोगले पैसा नै हाल्दैन । त्यति पनि थाहा नपाएको मान्छे गफ चुटेर हिँडेको छ । अहिले त एलएमबीएस (लाइन मिनिस्ट्री बजेटरी सिस्टम) भन्छन्, ‘मन्त्रालय र अर्थ मन्त्रालयको बीचमा ‘कोर्डिनेसन’ हुन्छ । त्यसले बजेट किताब छाप्छ । सम्बन्धित मन्त्रालयले नै किताब छाप्छ, योजना आयोग जाँदै जाँदैन ।’

surendra pandey

पार्टी संगठनमा सुरेन्द्र
२०१५ भदौमा धादिङमा जन्मिएका पाण्डे चितवनको राप्ती नगरपालिका–५ भण्डाराका स्थायी बासिन्दा हुन् । २०३१ सालदेखि राजनीतिमा सक्रिय पाण्डेले पञ्चायतकालमा भूमिगत भएर विद्यार्थी राजनीति गरे । मजदुर संगठनमा पनि आबद्ध भए ।

राजनीतिक आन्दोलनका क्रममा पाण्डे १० वर्ष भूमिगत भए, पटक–पटक बन्दी बनाइए । २०४६ सालमा उनी नेकपा (माले) को कोशी अञ्चल कमिटी इञ्चार्ज थिए । २०४९ देखि २०७५ सम्म उनी नेकपा (एमाले) को केन्द्रीय कमिटीमा रहे । २०५४ देखि २०६० सम्म राष्ट्रिय सभा सदस्य र पार्टीको सचेतक भूमिकामा थिए ।

२०६४ देखि २०६८ सम्म संविधानसभा सदस्य र दलको उपनेता भई काम गरे । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेलसँग झिनो मतले महासचिवमा पराजित भए । २०७८ मंसिरमा चितवनमै भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भए ।

पार्टी संगठनको हिसाबले नेकपा (एमाले) को नेतृत्वको सम्भावित दाबेदार पनि हुन् । पार्टीको उपल्लो पदमा पुगेको र भोलि नेतृत्वको दाबेदारी गर्न सक्ने नेता भएका कारण पनि पाण्डेलाई जिताउनु पर्ने तर्क राख्छन् पत्रकार सालिकराम नेपाल । भन्छन्, ‘डा.विश्व पौडेल त अर्थशास्त्री हुन्, तर सुरेन्द्र पाण्डे त सफल अर्थमन्त्री हो । पार्टीको उपाध्यक्ष हुनुहुन्छ । भोलिको चितवनको समृद्धिका निम्ति पनि डा. पौडेल र पाण्डेको तुलना नै हुन सक्दैंन ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७