प्रदीप ज्ञवालीले १८ अर्ब बजेट जिल्ला पठाए, सिंहदरबारमा शिर गुल्मेलीको उचो बनाए : एमाले गुल्मी


२४ कार्तिक २०७९, बिहीबार
84 Shares
Pradip Gywali

गुल्मी : नेकपा (एमाले) गुल्मीले एमाले उपमहासचिव तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार प्रदीप ज्ञवालीले जिल्लाको विकासको लागि १८ अर्ब वजेट पठाएको जनाएको छ । पार्टी जिल्ला कमिटीको तर्फबाट प्रतिबद्धता पत्र जारी गर्दै गएको ५ वर्षमा जिल्लाको समग्र विकास तथा समृद्ध गुल्मी निर्माणका लागि बलियो जग बसेको र जिल्लाले विकासका क्षेत्रमा लोभलाग्दो प्रगति हासिल भएको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

राष्ट्रिय राजनीतिका अनेकौँ प्रश्नमा ज्ञवालीले महत्वपूर्ण भूमिका खेलेर जिल्लाको शिर ठाडो पारेको पनि प्रतिबद्धता पत्रमा उल्लेख छ । प्रतिबद्धता पत्रमा भनिएको छ, ‘जिल्लाको समग्र विकासका अलावा हाम्रा प्रतिनिधिहरूले राष्ट्रिय राजनीतिका अनेकौँ प्रश्नमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । हाम्रो शिर ठाडो पार्नुभएको छ ।’ ज्ञवाली शान्ति प्रक्रियाका महत्वपूर्ण अगुवा एवं विचार, विकास र निष्ठाको राजनीतिका पर्याय भएको एमाले गुल्मीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कहाँ कति बजेट ?
राष्ट्रिय स्तरमै महत्वपूर्ण आयोजनाहरु जिल्लामा पर्नु र त्यस अनुसार काम हुनुले जिल्लाको भबिष्य चम्कने लक्ष्य लिइएको नेता ज्ञवालीको भनाइ छ । गुल्मी क्षेत्र नम्बर–१ का प्रदीप ज्ञवाली निर्वाचित भइसकेपछि ५ वर्षको अवधिमा धेरै राष्ट्रिय महत्वका आयोजनाले स्थान पाएको र आफु निर्वाचित भइसकेपछि जिल्लामा सडक निर्माण र ठूला अयोजनाहरु अगाडी बढेको उनले बताए ।

नेता ज्ञवालीको अनुसार कालीगण्डकी करिडोरमा ६ अर्ब रकम बिनियोजन भएर काम भइरहेको छ । त्यस्तै राजमार्ग नं १९ (रिडी–खज्र्याङ–बलकोट–दाङ–सुर्खेत) को लागि २ अर्ब ६२ करोड रकम बिनियोजन भएको छ । ५५ करोड लागतको रुरुक्षेत्र तटबन्धको काम अगाडी बढिसकेको छ । चोरकाटे–शान्तिपुर सडक निर्माणको लागि ५५ करोड रकम सुनिश्चित गरिसकिएको छ ।

jagdamba.cement
rbbbb

यसैगरी गुल्मी जिल्ला अस्पतालको लागि ५२ करोड रकम बिनियोजन भएर अहिले अस्पताल भवन निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । त्यस्तै पालिका स्तरमा ६ वटा अस्पताल निमानको लागी १ अर्ब ८ करोड रकम लागतम काम भैरहेका छन् । जिल्लामा कोरोनाको कहरमा निकै जटिल बनेको बेलामा अक्सिजनको व्यवस्था गर्न आइसियु, अक्सिजन प्लान्ट र पिसिआर ल्याब स्थापना गरिएको थियो । ५ करोड लागतमा प्लान्ट र ल्याब स्थापना भएर अहिले सेवा प्रदान भइरहेको छ । रणनीतिक सडकको लागि ४० करोड रकम बिनियोजन भएको छ ।

२० करोड लगानीमा रेसुङ्गा एयरपोर्ट निर्माण कार्यसम्पन्न भएको छ । दौंघा, हुँगा, बलेटक्सार, पल्लिकोट, खैरेनी, जुनियाँ, हरेवा, अस्लेवा लगायतका स्थानमा बिभिन्न खानेपानीको आयोजनाको लागि ४० करोडभन्दा बढी रकम बिनियोजन भइ केहि स्थानमा खानेपानी वितरण भैसकेको र केहि स्थानमा काम अगाडी बढेको छ ।

रिडी रुद्रवेणी सडकमा १४ करोड रकम बिनियोजन भएर काम अगाडी बढेको छ । विभिन्न स्थानीय निकायमा विद्यालय पुनर्निर्माण तथा ७७ शौचालय निर्माणको लागि आबश्यक रकम उपलब्ध गराई कामहरु केहि सम्पन्न भएका छन् भने केहि सम्पन्न हुने चरणमा छन् ।सत्यवती पहिरो पीडितको पुनस्र्थापना गर्न महत्वका साथ् काम गरिएको थियो ।

सडक पुनर्निर्माण मध्य डुम्रे–सातमुरे–लुम्छामा काम सम्पन्न भएको छ । प्राबिधिक शिक्षालाइ प्रार्थमिकता दिने सोच अनुरुप चन्द्रकोट गाउपलिका – ८, तुराङ्ग मजुवामा प्राविधिक विद्यालय स्थापना गरिएको छ भने रानीवास, जोहाङ, छापचौर लगायतका स्थानमा पनि प्राविधिक शिक्षाको काम अगाडी बढेको छ ।

जिल्लामा खरको छाना विस्थापन गर्ने उद्देश्य अनुरुप करिब १ हजार घरमा जस्तापाता (टिन) को छाना बनाउने कार्य सम्पन्न भएका छन् भने केहि बाँकी भएका पनि बिस्थापन गर्ने चरणमा छन् । सरकारि बिद्यालयलाइ सुबिधा सम्पन्न बनाउन र बिद्यार्थीलाइ बिद्यालय आवजावत सजिलो बनाउन महेन्द्र मावि, उपल्लो तम्घास लगायतका बिद्यालयलाइ बस संचालनमा सहयोग गरिएको छ । विभिन्न स्थानीय निकायमा सर्व सुलभ स्वास्थ्य उपलब्ध गराउन सहयोग गरिएको थियो भने केहि एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् ।

जिल्लामा रहेका विभिन्न पर्यटन क्षेत्रहरुलाई पहिचान गरि ति स्थानको ब्यबस्थापन, पुनर्निर्माण तथा प्रचार प्रसार गर्ने उद्देश्य अनुरुप सत्यवती, रुरुक्षेत्र, रेसुङ्गा लगायतका धेरै मन्दिर, पाटी पौवा बनाउने कामहरु भएका छन् । विभिन्न नदीहरुमा केहि नयाँ पक्कि तथा झोलुङ्गे पुलहरु निर्माणको लागि आबश्यक बजेट बिनियोजन भएको छ भने केहि अधुरा कामहरु सम्पन्न भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७